Dhulikhel Eco Banner new

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

1.85K
shares

काठमाडौं, ६ फागुन । लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ। स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यका साथ यो नयाँ मेनु सुरु गरिएको हो।

साके एन्ड फेङ्ग पान–एशियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो। यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम र रूफटप स्पेसजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ। यी सबै सेवा समेटेर, निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ।

नेवारी संस्कृति आफ्नो परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ। नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ। यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ। परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौँ देखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ।

अब रेस्टुरेन्टका सबै ग्राहकहरूले पान–एशियन फाइन डाइनिङको अनुभवसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन पाउनेछन्। साके एन्ड फेङ्गले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।