Dhulikhel Eco Banner new

शुक्रवार सुनको मूल्य स्थिर

2.31K
shares

काठमाडौं, ७ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मुल्य स्थिर रहेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख ४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन शुक्रवार स्थिर रहेको महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर शुक्रवार ५ हजार ५० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।