GBIME

शेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक २ हजार विन्दु तल

1.21K
shares

काठमाडौं, १३ भदौ । शेयर कारोबार हुने हप्ताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिनको भन्दा ३ दशमलव ८६ अंकले बढेर शेयर बजार १९९३ दशमलव १२ विन्दुमा कारोबार बन्द भएको हो ।

शेयर बजारमा सामान्य सुधार आए पनि नेप्से परिसूच कभने २ हजार विन्दुमा पुग्न सकेनन् । सोमबार १९९३ विन्दुमा पुगेर कारोबार रोकिएको हो । आज २२२ कम्पनीका ३४ लाख ४० हजार ९ सय कित्ता शेयर कारोबारबाट १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको मापक सेन्सेटीभ इन्डेक्स पनि आज १ दशमलव ८२ अंकले बढेको छ । सोमबार सेन्सेटीभ इन्डेक्स ३८७ दशमलव ५१ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

हप्ताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ३४ अंकभन्दा बढीले ओरालो लागेको थियो ।