शेयर बजारमा गिरावट जारी, कारोबार अर्बभन्दा पनि तल झर्यो
वि.सं.२०७९ भदौ २० सोमवार १५:३०
shares

काठमाडौं, २० भदौ । शेयर कारोबार हुने हप्ताको दोस्रो दिन शेयर बजार ओरोलो लागेको छ । अघिल्लो दिन सामान्य बढेको शेयर बजार आज पुनः नकारात्मक भएको हो ।
शेयर बजार आज ४ दशमलव २९ अंकले घटेर १९७३ दशमलव ०१ विन्दुमा पुगेको छ । सोमबार २२४ कम्पनीका २४ लाख ४४ हजार ३४४ कित्ता शेयर कारबोबार बाट ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटीभ इन्डेक्स पनि ० दशमवल ८२ अंकले घटेर ३८२ दशमवल ९५ विन्दुमा पुगेको छ ।



















