Dhulikhel Eco Banner new

नेप्से परिसुचक सुधार आएपनि कारोबार भने घट्यो

5.45K
shares

काठमाडौं, १३ असोज । साताको पाँचौ कारोबारको दिन नेप्से परिसुचक १६ दशमलव २९ अंकले वृद्धि भएको छ ।

बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ८९ प्रतिशतले बढेर १८५३ दशमलव ७६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पन ३ दशमलव ८३ अंकले सुधार भएको छ ।

आज दिनभर भएका १४ हजार २ सय ९८ कारोबारबाट २२३ कम्पनीका १७ लाख ९१ हजर ४ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ६३ करोड २४ लाख ७ हजार ६ सय २८ पुगेको छ ।