GBIME

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

924
shares

काठमाडौं, ११ मंसिर । साताको पहिलो कारोबारको दिन आज शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसुचक ३२ दशमलव ४३ अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसुचक १ दशमभलव ६८ प्रतिशतले वृद्धि भई १९६५ दशमलव ९८ को विन्दुमा पुगेको छ ।

 आज १६९ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।