GBIME

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.06K
shares

काठमाडौं, १९ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य १०० रुपैयाँले घटेको छ । बिहिबार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीवार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले घटेर १ हजार २६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भएको थियो ।