Dhulikhel Eco Banner new

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, परिसूचक दोहोरो अंक घट्यो

4.95K
shares

काठमाडौं, ७ वैशाख । साताको अन्तिम कारोबार दिनमा शेयर बजार पुनः ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार बिहिबार भने पुनः ओरालो लागेको हो ।

बिहीबार शेयर बजार परिसूचक १५ दशमलव ७३ अंकले घटेको हो । शून्य दशमवलव ८२ प्रतिशतले घटेको नेप्से परिसूचक १९०४ दशमलव ४० विन्दुमा पुगेको छ । बिहीबार पनि कारोबार रकममा सुधार हुन सकेन् । बिहीबार २६७ कम्पनिको ३२ लाख ९ हजार २१४ कित्ता शेयर २३ हजार २६५ पटक किनबेच हुँदा ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै बिहीबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७९ अंकले ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स साताको अन्तिम दिनको कारोबार बन्द हुँदा ३६३ दशमलव १२ अंकमा पुगेको छ ।