Dhulikhel Eco Banner new

शेयर बजार ४ अंकले घट्यो, परिसूचक १८६६ विन्दुमा

4.17K
shares

काठमाडौं, १९ वैशाख । शेयर बजार परिसूचक ओरालो लाग्ने क्रम मंगलबार पनि जारी रहयो । हप्ताको तेस्रो दिन र कारोबार भएको दोस्रो दिन शेयर बजार ४ दशमलव २७ अंकले ओरालो लागेको हो ।

मंगलबार शेयर बजार ४ दशमलव २७ अंकले घटेर १८६६ दशमलव ४० विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरवाट आएको छ । मंगलबार २७१ कम्पनीका २३ लाख ३६ हजार ६२५ कित्ता शेयर २१ हजार ६४९ पटक खरिद बिक्री हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव १२ अंकले घटेर ३५७ दशमलव ०२ विन्दुमा पुगेको छ ।