शेयर बजार ३ अंकले घट्यो, कारोबार रकम ५७ करोडमै सिमित
वि.सं.२०८० वैशाख २८ बिहीवार १५:०५
shares

काठमाडौं, २८ वैशाख । शेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिनमा पनि ओरालो लागेको छ । अघिल्लो दिन समेत घटेको शेयर बजार परिसूचक बिहीबार ३ दशमलव ३४ अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार दिनभर २५९ कम्पनीका २१ लाख ३ हजार ७९१ कित्ता शेयर १६ हजार १७५ पटक खरिद बिक्री हुँदा ५७ करोड ८३ लाख २४ हजार ४०३ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ७१ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५३ दशमलव ०९ अंकमा पुगेको छ ।



















