Dhulikhel Eco Banner new

एक सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

5.47K
shares

काठमाडौँ, १८ असार । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।