Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

6.53K
shares

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

युरो खरिद दर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा पुगेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९८ पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।