सुन अहिलेसम्मकै महंगो, यस्तो छ आजको मूल्य
वि.सं.२०८० कात्तिक २ बिहीवार १२:३१
shares

काठमाडौं, २ कात्तिक । आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले महगिएर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साउनको ४ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार सुनको मूल्य प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।



















