प्रतितोला १ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस २१ आइतवार १०:५२
2.76K
shares
shares

काठमाडौं, २१ पुस । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ५३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार ५ सयले घटेर तोलामा १ लाख ५२ हजारमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ८१० मा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कायम भएको छ ।


















