ऋषि पञ्चमीमा कोटेश्वरको महादेवस्थान मन्दिरमा भक्तजनको घुइँचो
वि.सं.२०८३ भदौ ३० मंगलवार ११:२०
416
shares
shares

काठमाडौं, ३० भदौ । भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा कोटेश्वरको महादेवस्थान मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ।
ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। सोहीअनुसार बिहानैदेखि महादेवस्थान मन्दिरमा पुगेका व्रतालु तथा भक्तजनले पूजा, आराधना तथा दर्शन गरेका छन्।


















