Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा सामान्य सुधार, आज १२ अंकले बढ्यो

5.1K
shares

काठमाडौं, २ असार । साताको चौंथो कारोबारको दिन नेप्से परिसुुचक १२ दशमलव ५७ अंकले वृद्धि भएको छ ।

यो साताको पहिलो पटक नेप्सेमा सामान्य सुधार आएको हो ।

बिहिवार नेप्से परिसुचक शुन्य दशमलव ६४ प्रतिशतले बढेर १९७८ दशमलव ९४ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ९३ अंकले बढेको छ ।

दिनभर भएका २५ हजार ५ सय ८५ कारोबारबाट २२१ कम्पनीका ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५ सय १९ पुगेको छ ।