प्रतितोला ५ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १०:५८
2.73K
shares
shares

काठमाडौं, २८ कात्तिक । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ५० हजार २ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार ५ सयले घटेर २ लाख ४९ हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मुल्य पनि ६० रुपैयाँले घटेको छ । बिहीवार ३ हजार ३४५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य शुक्रवार ३ हजार २८५ रुपैयामा कायम भएको छ ।















