Dhulikhel Eco Banner new

काभ्रेस्थलीमा हत्या भएका व्यक्तिको पहिचान खुल्यो

5.51K
shares

काठमाडौं, १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थलिमा हत्या भएका व्यक्तिहरुको पहिचान खुलेको छ । प्रहरीले दिएको जानकारी अनुसार हत्या भएकाहरुमा दिनेश पाण्डे र उनीकी श्रीमति सुनिता पाण्डे तथा ११ वर्षका छोरा आशिक र छोरी आशिका रहेका छन् ।

उनीहरु आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको र शरिर भरि घाउ रहेको काठमाडौंका एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । अहिले प्रहरी, डाक्टर सहित घटना स्थलमा रहेको उनले जानकारी दिए । आफ्नै घरमा मृत अवस्था भेटिएको र कोठा पनि भित्रबाट बन्द रहेकाले घटना थप शंकात्पद रहेको प्रहरीको भनाइ छ ।