Dhulikhel Eco Banner new

प्रतितोला १ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.55K
shares

काठमाडौं, १६ पुस । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ६२ हजार १ सयमामा कारोबार भएको सुनको मुल्य बुधवार १ हजार १ सयले घटेर तोलामा २ लाख ६१हजारमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य पनि १२० रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ४ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ४ हजार ४७० रुपैयाँमा कायम भएको छ ।