Dhulikhel Eco Banner new

सालपा विकास बैंकको आईपीओ बाँडफाँड

3.65K
shares

काठमाडौं, २५ पुस । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्कासन गरेको थियो। निष्कासन अवधिभर २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।

निष्कासन गरिएको शेयरभन्दा माग अत्यधिक परेपछि आईपीओ गोला प्रथामार्फत बाँडफाँड गरिएको हो। बाँडफाँडमा १ लाख ४३ हजार ९१७ जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन्। तीमध्ये ९ जना आवेदकले थप १/१ कित्ता गरी कुल ११ कित्ता शेयर हात पारेका छन्।

बाँकी अधिकांश आवेदकको हात रित्तो भएको छ। आईपीओको बाँडफाँड नतिजा अनलाइन प्रणालीमार्फत सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।