प्रतितोला २ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ पुस २५ शुक्रवार ११:०८
4.24K
shares
shares

काठमाडौं, २५ पुस । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ६५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार २ हजार १ सयले बढेर तोलामा २ लाख ६७ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मुल्य पनि ५५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रवार तोलामा ४ हजार ७ सय ८० रुपैयाँमा कायम भएको छ ।














