काठमाडौं महानगरको ११ महिनाको बजेट खर्च ४५ प्रतिशतमात्र
वि.सं.२०८३ असार ४ बिहीवार १७:०५
shares

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।
महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्र्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् । उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । चालु आव महानगरले २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
जेठ मसान्तसम्म चाुल खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ । महानगरले यस खर्चलाई सन्तोषजनक भनेको छ ।















