Dhulikhel Eco Banner new

हकप्रद निष्काशन गर्न हिमालयन हाइड्रोपावरलाई विद्युत नियमन आयोगको स्वीकृति

4.65K
shares

काठमाडौं, २३ माघ । हिमालयन हाइड्रोपावर लिमिटेडलाई शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिएको थियो।

आयोगले आवश्यक छानबिन गरी फागुन २० गते बसेको बैठकले पूर्वस्वीकृति दिने निर्णय गरेको हो। कम्पनीले आयोगबाट स्वीकृति पाएकाले अब नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि निवेदन दिनेछ। बोर्डबाट पनि स्वीकृति पाएपछि बूक क्लोज गरी हकप्रद शेयर निष्काशनमा ल्याउनेछ।