धितोपत्र बोर्डद्धारा टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ अनुमति
वि.सं.२०८२ फागुन १ शुक्रवार १५:०६
4.9K
shares
shares

काठमाडौं, १ फागुन । नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावर लाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ। यससँगै कम्पनीको जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ र यस आईपीओ मार्फत कम्पनीले ३५।२६ प्रतिशत शेयर सर्वसाधारणमा बेच्ने योजना बनाएको छ।



















