Dhulikhel Eco Banner new

नबिलमा एनबी बैंक गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति

5.17K
shares

काठमाडौं, १५ असार । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले यि दुई बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउने छ । नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्ने छ । मर्जर पछि बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरेको जनाएको छ ।

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृतमा एनबीका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुनेछन् । सञ्चालक समिति नबिलको हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।