Dhulikhel Eco Banner new

गुडविल फाइनान्सको ३१औँ वार्षिक साधारणसभा चैत १० गते

4.28K
shares

काठमाडौं, १९ फागुन । गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारणसभा चैत १० गते बोलाएको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको हात्तिसारस्थित गुडविल कम्प्लेक्समा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ।

यसैगरी लेखापरीक्षण समितिको सिफारिसअनुसार चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ। स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

यसअघि पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २ गते एक दिनका लागि शेयर नामसारी दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ।