साम्पाङको जितमा बालेनको मायाः ‘सधैं माया छ र रहन्छ’
वि.सं.२०८२ फागुन २४ आइतवार १३:४८
5.68K
shares
shares

काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिका–१ का मेयर बालेन शाहले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हर्क साम्पाङलाई सामाजिक सञ्जालमा बधाई दिएका छन्।
साम्पाङले फेसबुकमा आफ्नै विजय घोषणा गर्दै लेखेका थिए, “लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति।”
यसै स्टाटसमा बालेन शाहले कमेन्ट गर्दै भनेका छन्, “तपाईलाई सधैं माया थियो, छ र रहन्छ। तपाई र धरानलाई सधैं माया छ।”



















