कालंगा हाइड्रोको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन
आईपीओमा प्रारम्भिक चरणमै उल्लेखनीय चासो
वि.सं.२०८२ चैत १५ आइतवार ०९:१२
shares

काठमाडौं । कालंगा हाइड्रोले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले चैत १० गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो। जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति प्राप्त भएको छ। सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट १० प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको हो।
उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको आधारमा आवेदन दिन सक्नेछन्। प्रति शेयर १०० रुपैयाँ अंकित दर कायम गरिएको यस निष्कासनमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आज अन्तिम दिन भएकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। कम्पनीको आईपीओमा प्रारम्भिक चरणमै उल्लेखनीय चासो देखिएकोले आगामी दिनमा बाँडफाँड प्रक्रिया चाँडै अघि बढ्ने अपेक्षा गरिएको छ।



















