स्पेसएक्सको आईपीओ चर्चा : ८० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी उठाउने लक्ष्य
वि.सं.२०८३ जेठ २ शनिवार १३:३३
shares

एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आगामी जुन १२ मा आईपीओ ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले आईपीओमार्फत ८० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी उठाउने लक्ष्य राखेको बताइएको छ । योजना सफल भएमा यो विश्वकै ठूलो आईपीओमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।
रकेट प्रक्षेपण, स्टारलिंक इन्टरनेट सेवा र मानव अन्तरिक्ष यात्रामार्फत चर्चित बनेको स्पेसएक्स हाल निजी कम्पनीका रूपमा सञ्चालन हुँदै आएको छ । आईपीओको चर्चा बाहिरिएसँगै अन्तरिक्ष क्षेत्रमा काम गर्ने कम्पनीहरूको सेयर मूल्यमा पनि उछाल देखिएको छ ।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको आईपीओले विश्व प्रविधि तथा वित्तीय बजारमा नयाँ उत्साह ल्याउन सक्छ । यद्यपि कम्पनीले हालसम्म औपचारिक प्रतिक्रिया भने दिएको छैन ।















