शेयर बजारमा ३ अर्ब २९ करोडको कारोबार हुँदा, यी ५ कम्पनीको उच्च कारोवार
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:०२
1.11K
shares
shares

काठमाडौं, ३१ वैशाख । शेयर बजारमा ३ अर्ब २९ करोड रुपैयाँ कारोबार हुदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको ३७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सहास ऊर्जाको १८ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि युनियन हाइड्रोपावरको १४ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ भने माउन्टेन इनर्जीको ७ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ ।















