प्रम ज्यू !! अहिल्यै हामी आत्तिएका छैनौ…
वि.सं.२०८३ वैशाख ३० बुधवार ११:५२
shares

न विद्यार्थी घटेका छन, न विज्ञ थपिएका छन । तिन देखि चार महिनामा हुने एसईईको परिक्षाफल एक महिना मै भयो । छिट्टो रिजल्ट।। बच्चा खुशी, बाआमा खुशी । यो र त्यो वहाना बनाएर, समय लव्याउने र भत्ताखानेहरुले विरोध गर्ने नै भए । ढुक्क हुनुस् प्रम ज्यू !! हामी आत्तिएका छैनौ‘।
कोटमा टाँसिएको कोटाको सांसद पद सकिने वित्तिकै अदालतको न्यायधीश । पार्टीको झोला बोकेकै भरमा गरिमामय न्याय क्षेत्रमा दमदार ईन्ट्रि, योग्यता, क्षमता, व्यक्तिगत आचरण सबका९सब नेताका गोजीमा, बिसौ वर्षका लागी प्रधान न्यायाधीशहरु चट्ट लाईन मिलाएर राख्न बानी परेकाहरु, यि सबै हर्कत गर्न नपाएर छट्पटाएका हुन… ढुक्क हुनुस् प्रम ज्यू !! न्यायमा विवेक पुर्याउनेहरु, कोही आत्तिएका छैनन‘।
भ्रष्टचारमा चुर्लुम्म डुबेको सिंहदरबारमा, बेतिथीका फायलहरुको चाङ बोकेर, हिजो चप्पल लाएर, आईस्यो र गईस्यो भन्दै कोठाचोटा चाहार्नेहरुको निद हराम भएको छ । बिचौलिया राजको अन्त्य भएको छ । न त मन्त्री भेट्न सक्छन, न त प्रधानमन्त्री नै । देश खाने यि र यस्तै धमिराहरु आत्तिएका हुन । ढुक्क हुनुस्, प्रम ज्यू ११ हामी अहिल्यै आत्तिएका छैनौ‘।
छोरा बिदेश पढेर आउछ, तत्कालै कम्पनी दर्ता गर्छ । २ महिनापछी बजेट भाषण गर्छन, भन्सार छुट र के के मिलाउछन, दर्ता गरेको ६ महिना नपुग्दै, उक्त कम्पनीले अर्वौ कमाउँथ्यो । मुखै रसाउने मिठाई बेचेर, तिन पुस्ता विताएको राम भण्डारले आजसम्म नकमाएको पैसा, राष्ट्रिय भाउजुका छोरा र भतिजाहरुले एक रातमै कमाउने व्यवस्थाको अन्त भएकोले, तिनै आत्तिएका हुन । ढुक्क हुनुस्, प्रम ज्यू ११ इमान्दार व्यापारी आत्तिएका छैनन‘।
देशकै जेठो विश्वविद्यालयमा निर्माण होस वा शैक्षिक गतिविधी, यि कुनै पनि कार्यक्रमले, भिसी को हो रुरु रेक्टर को हो रुरु डिन को हो रुरु चिन्दैन । हरेक वर्ष निशुल्क भर्ना हुन पल्केका, ५२ वर्षका जेन्जी विद्यार्थीहरु, विश्वविद्यालयको क्यान्टिनमा सित्तैमा खान्छन र मनपरी निर्णय गर्छन । मनोमानी निर्णय गर्दै विद्वान प्राडाहरुको चिर हरण गर्न पल्केकाहरू छटपटाएका हुन । ढुक्क हुनुस्, प्रम ज्यू !! जेहेन्दार विद्यार्थी र निष्ठावान प्राध्यापक आत्तिएका छैनन‘।
निजामतीमा नेता भएकै कारण, खरदार मुखिया बहिदार र वनपालेहरु, हप्काई दप्काई र थर्काएका भरमा सुब्बा हुदै अफिसर पड्काउछन । जुम्ला वसेको निरिह खरिदार दुई वर्षमा हुम्ला सरुवा हुन्छ, र फेरी अर्को २ वर्षमा हुम्लाबाट कालिकोट सरुवा हुन्छ । यि र यस्तै ज्यानमारा प्रथा अंगाल्ने सुकुलगुण्डाहरु आत्तिएका होलान । ढुक्क हुनुस्, प्रम ज्यू !! इमान्दार राष्ट्रसेवक आत्तिएका छैनन‘.. ।
नाम कमाएका ठेकेदारहरु, हासी९हासी राष्ट्र निर्माणमा लाग्नुपर्नेमा, सार्वजनिक खरिद कार्यालयको प्रणालीमा नै ठेस पुर्याई, अर्वौका ठेक्का र पट्टाको गाँठो खोल्ने साँचो आफै बोक्छन । तिनै अकुत कमाउने कपुतहरु आत्तिएका हुन । ढुक्क हुनुस्, प्रम ज्यू !! देशभक्त ठेकेदार आत्तिएका छैनन‘।।
संस्कृती र परम्परासँग प्राण जोडिएका वैदिक तथा धार्मिक कार्यक्रमलाई अन्धविश्वास भन्दै ठुल्ठुला अक्षरमा समाचार लेख्नेहरू, मोटो रकम लिएर, भित्रिपेजमा धामी९झाक्रीको बिज्ञापन छाप्छन् । कलम देखाएर राज्य विरुद्दको नीति निर्माणमा जनतालाई भ्रम छर्न पल्केकाहरू, यहाँको उपस्थितिले आत्तिएका हुन । ढुक्क हुनुस्, प्रम ज्यू !! माटोप्रेमी पत्रकार आत्तिएका छैनन‘…
देशका युवा मुखियाले चैत्र १३ गते, शंख र घण्टको सुमधुर धुनसँगै वेदका वाणी मिसाएर सपथ लिए । संस्कृती अंगालेकोमा, हामी मात्रै होईनौ, प्रकृती पनि मख्ख छिन । त्यसैले त होला, झण्डै दुई महिना हुन लाग्यो, दिन रात पानी परेकै छ । चैत्र-बैशाखको प्रचण्ड धुप मन पर्नेहरु बैशाखको जाडोले आत्तिएका होलान् । ढुक्क हुनुस्, प्रम ज्यू !! दिनरात माटोसँग खेल्ने अन्नदाताहरु आत्तिएका छैनन‘।
बुद्धको देशमा, विद्याको कदर नहुदा, झुटको खेति गरेर, ३५ वर्ष देश चुस्नेहरू, अब हिजो सम्झिएर आत्तिएका हुन । तपाईका ५२ लाख मतदाता, टसमस नगरी, एक स्वरमा भन्दैछन‘ “ढुक्क हुनुस्, प्रम ज्यू ११ हामी आत्तिएका छैनौ..”
अर्बौका कर छलीहरूलाई बैद्यता दिने, करोडौका सरकारी जग्गाहरु रु सयमा भाडामा लिन सम्झौता गर्नेहरु, मस्त आत्तिएका हुन । देशभक्त नागरिकहरु टसमस भएका छैनन । प्रम ज्यू, सोची विचारी दिर्घ कालसम्म टिकिरहने देश प्रेमी निर्णय गर्नुस्, साच्चै !! यो देश भक्त नागरिक, अहिल्यै कोही आत्तिएका छैनन‘। जय पशुपतिनाथ । यहाँ जाँच गर्नुहोस्















