Dhulikhel Eco Banner new

सपनाः गोरखकाली रवर उद्योग

6.7K
shares

“आमा !! हाम्रो गाडीमा पनि गोरखकाली टायर राखौं न, हुन्न ? साथीहरु सबैको गाडीमा गोरखकाली टायर छ । मलाई त कस्तो अफ्ट्यारो लाग्छ, साथीहरुको अगाडी, हाम्रो गाडीमा मात्रै विदेशी टायर छ अनि‘।” परिक्षाफल लिन जाने क्रममा विद्यालयहाता भित्र, आमा सबिता र छोरा संयमको संवाद हो यो ।

सन २०२५ को जेन्जी विद्रोहपछी वनेको सरकारले रुण्ध उद्योग खोल्ने कार्यलाई उच्च प्राथमिकतामा राखेसंगै यस उद्योगलाई पहिलो चरणमा संचालन गरेको थियो । सरकार गठनसंगै सरकारका पार्टीका महामन्त्रीको संयोजकत्वमा यसको संचालन गरियो । शुरुवाती दिनहरुमा कच्चापदार्थ छिमेकी देशबाट ल्याउने गरिएकोमा पछिल्लो समय सरकारको स्पस्ट दृष्टिकोण र उचित लगानीले देशका विभिन्न जिल्लामा रवरको खेती र उत्पादन राम्रो हुन थालेको छ ।

“आयो गोरखकाली, ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग ‘ “ विज्ञापनमा प्रयोग हुने यो गित, यति चर्चित रह्यो कि, विविसीको एक अन्तर्वार्तामा, “तपाईलाई नेपाल कस्तो लाग्छ रु भन्ने प्रश्नमा वेलायतका राजाले आफुलाई नेपाल असाध्यै मन पर्ने भन्दै मुसुक्क हासेर यहि गित गुनगुनाउनु भएको थियो । अझ रोचक त के छ भने, उहांले सन २०३० पछि आफुले आफ्नो सवारी साधनमा गोरखकाली टायर नै प्रयोग गर्ने गरेको वताउनु भएको थियो ।

समुन्द्री सतहबाट करिब ४०० मिटरको उचाईमा राम्रो उत्पादन हुने, औंसत २५ देखि ३५ डिग्री तापक्रम र वर्षा २००० देखि ३००० एमएल हुने ठाउमा यसको उत्पादन निक्कै राम्रो हुन्छ । रवर खेतीका लागी उपयुक्त वातावरण हुनाले, झापा मोरङ र सुनसरी जिल्लामा उत्पादन हुने रवरको गुणस्तर निक्कै उच्च रहेको हुनाले यसको माग अन्तराष्ट्रिय बजारमा निक्कै बढेको छ ।

अन्तराष्ट्रिय बजारमा उपलब्ध हुने टायरहरुको एक्क्ष् PSI (Pounds per Square Inch, प्रेसर नाप्ने ईकाई० क्षमता सामान्यतया कार तथा मोटरसाईकलको २८-३५, तथा विमानका टायरहरुको २०० हाराहारी हुने गरेकोमा, गोरखकाली रवर उद्योगबाट उत्पादन हुने टायरको एक्क्ष् कार तथा मोटरसाईकलको ४०-५० र विमानको ३०० भन्दा माथी हुने गरेको छ । यस कंम्पनीबाट उच्च गुणस्तरको टायर निर्माण हुने हुनाले ठुलाठुला विमान कंम्पनीहरुले अग्रिम बुकिंङ गर्ने गरेका छन । अत्याधिक ताप र उच्च घर्षण सहने क्षमता तथा चिरा तथा विष्फोट कम हुने भएका कारण यसका उत्पादनहरु विश्व बजारमा चर्चित छन ।

गोरखकाली रवर उद्योगबाट उत्पादित, विमानका ५६ ईन्च ब्यास र २१ ईन्च चौडाईका टायरहरु, उच्च प्रेसर थेग्ने र नाईट्रोजन रिफिल गर्न निक्कै सजिलो र ५८० पटक सम्म लेन्डिङ क्षमता हुने हुनाले सन १९७० मा स्थापित विश्वकै नं १ विमान कम्पनी एयर बसले आफ्नो विमानका लागी प्रयोग हुने टायर खरिद गर्न नेपाल सरकारसंग २० वर्षे सम्झौता गरेको छ । सामान्यतया ठुला विमान कम्पनीले प्रयोग गर्ने टायरहरुको लेण्डिङग क्षमता ३०० पटकसम्म हुन्छ । झण्डै दुईगुणा बढी लेण्डिङग क्षमताका कारण गोरखकाली रवर उद्योग विश्व चर्चित छ ।

नेपाल सरकारले रवर खेतीको लागी १० हेक्टर माथी जमीन हुने कृषकलाई सहुलियतपुर्ण ऋण ९२५का दरमा० दिने गरेको छ भने एक जना वाली विज्ञ र उत्पादन सिधै सरकारले खरिदगरिदिने व्यवस्था गरेको छ । राम्रो हावापानी, उचित वर्षा, तापक्रम र माटोको गुणस्तरमा समानता रहेकोले यहां उत्पादन हुने लेटेक्सको मुल्य विश्व वजारको भन्दा महंगो पर्ने गरेको छ । उच्च गुणस्तरको उत्पादन हुने हुनाले, यस कंम्पनीको ट्युव र टायर संयुक्त राष्ट्रसंघ र विश्ववैकले आफ्ना सवारीमा अनिवार्य जस्तै गरेका छन ।

विश्व वजारमा धेरै रवर उत्पादन गर्ने देशहरु थाईल्याण्ड ईण्डोनेसियमा प्रति रुख ३-१० किलो ड्राई रवर उत्पादन हुने गरेकोमा हाम्रा देशको झापा तथा मोरङ जिल्लामा प्रति रुख १५-१८ किलो ड्राई रवर उत्पादन हुने गरेको छ । नेपालमा उत्पादनहुने गरेको रवरको गुणस्तर निक्कै राम्रो हुनाले केमिकल प्रोसेसिङमा (vulcanization गर्न), रवरमा कार्वन व्ल्याक, स्टिल, फाईवर, सेन्थेटिक मिसाउन र मोल्डिङ गरेर टायरको सेप-साईज तयार गर्न निक्कै सहज हुने गर्दछ ।

देशका मुख्य-मुख्य शहरमा गोरखकाली टायरको विक्रि कक्षहरु छन । दैनिक सानाठुला दैनिक १०औं हजार टायर बेच्ने यस कम्पनीले प्रतक्ष्य करिब १६ हजार र अप्रतक्ष्य लाखौलाई रोजगारी दिएको छ ।
विगत १० वर्षदेखि यस उद्योगले आफ्नो पुरानो परिचयलाई वदल्दै, टायर ट्यूवका अतिरिक्त रवरका जुत्ता र पाईपहरु निर्माण थालेको छ । यसले उत्पादन गरेको रवरका जुत्ताहरुको अत्यधिक माग कृषी उत्पादन गर्ने अग्रज देशहरु, ब्राजिल, ईजरायल आदीमा हुने गरेको छ । नेपाल सरकारले सरकारी कार्यालय, संस्थानहरु, ठुला नीजि उद्योग कलकारखाना लगायतमा प्रयोगहुने टायरजन्य वस्तुहरुमा गोरखकाली रवरलाई अनिवार्य जस्तै गरेको छ ।

सपना राम्रो देखिदै थियो, दुध बोक्ने गाडीको हर्नले झल्यास ब्युझिए । आहा ११ कुनै दिन गोरखकाली रवर उद्योगलाई पनि यहि सपना जस्तै वनाउन पाए‘ भन्ने मिठो कल्पना गर्दै दुध लिएर भित्र छिरे । गोरखकाली रवर उद्योग पुनः संचालन हुने गाईगुई हल्लाका बिच आज गज्जवको सपना देखिएछ । विसं २०४९ सालदेखि व्यवसायीक उत्पादन शुरु गरेको यस कंम्पनी चिन सरकारको सहयोगमा निर्माण भएको थियो । वार्षिक एक लाख टायर उत्पादन क्षमता भएको यस विशाल उद्योगले तत्कालिन समयमा झण्डै १५०० जनालाई प्रतक्ष्य रोजगारी दिएको थियो भने चरम राजनीतिक प्रभावका कारण २०७०/७१ पछि यस उद्योग पुर्णतया बन्द गरिएको थियो ।