Dhulikhel Eco Banner new

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

611
shares

काठमाडौं, ३० वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.१५ अंकले घटेर २७४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ८० करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.१७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि झापा इनर्जिका लगानीकर्ताले ६.२७ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स बैंक डिबेन्चरका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रिजलाइन इनर्जीका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले गुमाएका छन् भने आरबिबि फोकसका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन् ।