Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

806
shares

काठमाडौं, ३१ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १०.०७ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् भने एनबिएल फन्डका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनएमबी हाइब्रिड फन्डका लगानीकर्ताले २.८४ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन ८०(२०का लगानीकर्ताले २.७६ प्रतिशतका दरले कमाएका छन् ।