Dhulikhel Eco Banner new

ऊर्जा विकासमा कानुनी अवरोध, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको माग

780
shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रमा देखिएका कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । संस्थाले वन, वातावरण, भूमि, बैंक ऋण तथा विदेशी लगानीसम्बन्धी कानुन निजी क्षेत्रमैत्री नभएकाले जलविद्युत् आयोजना प्रभावित भइरहेको जनाएको छ ।

इप्पानका अनुसार ईआईए वा आईईई स्वीकृतिपछि पनि रुख कटान अनुमति लिन नौ चरणको प्रक्रिया पार गर्नुपर्ने अवस्था रहेको छ । यसले आयोजना निर्माणमा ढिलाइ र लागत वृद्धि गरिरहेको संस्थाको भनाइ छ ।

संस्थाले ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न कानुनी प्रक्रिया सरलीकरण गर्दै ‘ऊर्जा विकास दशक’ घोषणा गर्नुपर्ने माग गरेको छ ।