सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान
वि.सं.२०८३ जेठ २३ शनिवार १२:३१
shares

काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८३ साल जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; कोशी २०० वटा, मधेश २५० वटा, गण्डकी २०० वटा, लुम्बिनी २०० वटा, कर्णाली २०० वटा र सुदूरपश्चिम २०० वटा गरी कुल १५०० वटा वृक्षारोपण गरिएको छ । यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ज्यू , बुढानीलकण्ठ वडा कार्यालय – १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरू को सहभागिता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन एंव समुदायिक विद्यालयमा सहयोगहरु समेत गरिसकेको छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराजले आज उनीहरुले रोप्ने प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा लिएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि बैंकले निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता प्रयासलाई निरन्तरता दिनेछ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
















