मोदीलाई लामिछानेको उपहार : पशुपतिनाथको प्रतिकृति
वि.सं.२०८३ जेठ २१ बिहीवार ०७:३१
shares

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्री पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिएका छन् । नयाँ दिल्लीमा बुधबार भएको भेटमा नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धको प्रतीकस्वरूप उक्त उपहार हस्तान्तरण गरिएको हो ।
सोही अवसरमा दुई नेताबीच नेपाल–भारत मैत्री, सांस्कृतिक आदानप्रदान र धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत कुराकानी भएको बताइएको छ । विश्वभरका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको प्रतिकृतिले दुई देशबीचको सांस्कृतिक नातालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
















