Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.26K
shares

काठमाडौं, २० जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ८.५ यसबिएल डिभेन्चरका लगानीकर्ताले १४.९३ प्रतिशतका दरले कमाएका छन् भने विजय लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले ८.७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.०५ प्रतिशतका दरले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले कमाएका छन् ।