Dhulikhel Eco Banner new

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न निजी अस्पताललाई बीमा बोर्डको निर्देशन

1.46K
shares

काठमाडौं, २० जेठ । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थालाई बीमा सुविधा अन्तर्गत आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको मात्र सेवा दिन निर्देशन दिएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार, कुनै बिरामीलाई आकस्मिक उपचार आवश्यक देखिएमा मात्र बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्न भनिएको हो।

बोर्डले यसअघि नै जेठ १६ गतेदेखि वित्तीय स्रोतको अभावलाई कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको थियो।

त्यसैगरी, बोर्डले सामान्य प्रकृतिका बिरामीलाई बीमा दाबीको भार बढ्ने गरी अनावश्यक रूपमा आकस्मिक सेवामा समावेश नगर्न पनि आग्रह गरेको छ। बोर्डले सेवाग्राहीलाई समेत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र आवश्यक अवस्थामा मात्र सेवा लिन अनुरोध गरेको छ।

हाल बीमा बोर्डसँग आबद्ध ३६ वटा निजी अस्पतालले बिमितलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।