Dhulikhel Eco Banner new

जिडब्लुएमले नेपालमा नयाँ पुस्ताको विद्युतीय एसयुभी ल्याउने तयारी, १७० भन्दा बढी देशमा सफल अनुभव सहित

1.01K
shares

काठमाडौं, २० जेठ । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि र दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जीडब्लुएम (ग्रेट वाल मोटर्स) ले नेपालमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा सफल उपस्थिति जनाइसकेको कम्पनीले नेपाली बजारमा स्मार्ट प्रविधि र प्रिमियम डिजाइनसहितको नयाँ विद्युतीय एसयूभी प्रस्तुत गर्ने संकेत दिएको छ।

हालसम्म उक्त मोडलको औपचारिक घोषणा नभए पनि प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र र विद्युतीय सवारीप्रेमीहरूबीच उत्सुकता बढेको छ। प्राप्त जानकारीअनुसार नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा आधुनिक ड्राइभिङ अनुभव उपलब्ध हुने अपेक्षा गरिएको छ।

यसमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, ७ वटा एयरब्याग, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू प्रविधि, एईबी तथा एमईबी जस्ता सुरक्षा प्रणाली, २० भन्दा बढी एडिएएस सुविधा, स्मार्ट ककपिट, कफी ओएस ३.० एआई प्रणाली, वन–टच कन्ट्रोल, भेन्टिलेटेड प्रिमियम सिट र पाँच–स्तरीय ब्याट्री सुरक्षा प्रणाली जस्ता अत्याधुनिक फिचरहरू रहने बताइएको छ।

साथै आकर्षक प्रिमियम डिजाइन, विशेष लाइटिङ सिग्नेचर र आधुनिक सौन्दर्यशास्त्रले यसलाई थप विशिष्ट बनाउने अपेक्षा गरिएको छ। बहु–तह सुरक्षात्मक कोटिङ प्रविधिले साना स्क्र्याचहरूलाई तापको प्रभावबाट स्वचालित रूपमा पुनःस्थापित गर्ने क्षमता राख्ने चर्चा पनि बजारमा छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो माग र वातावरणमैत्री यातायातप्रतिको आकर्षणबीच जीडब्लुएमको यो सम्भावित आगमनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कम्पनीले यस सम्बन्धमा थप जानकारी निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।