Dhulikhel Eco Banner new

सानिगाड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

377
shares

सानिगाड हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने म्याद आज (जेठ २१ गते) सकिँदै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो, जसको कुल आकार ४६ करोड ७४ लाख रुपैयाँ बराबर छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउँछन् ।

निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाएको छ भने आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सकिन्छ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी–आईआर डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्छ । कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ ।