Dhulikhel Eco Banner new

चौथो सांग्रिला साइकल र्‍याली सफलतापूर्वक सम्पन्न

1.05K
shares

काठमाडौं, २३ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर २०८३ जेठ २३ गते शनिबार काठमाडौंमा आयोजना गरिएको उक्त साइकल र्‍यालीमा करिब १,५०० जना सहभागी भएका थिए।

काठमाडौंको गैरीधारा स्थित एलिस रिसेप्सनबाट सुरु भएको र्‍याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डला, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन, नक्साल भगवती, भाटभटेनी, बालुवाटारस्थित सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हुँदै पुनः एलिस रिसेप्सन, गैरीधारामा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमार्फत १४ किलोमिटर दूरी पार गरिएको थियो।

कार्यक्रमका सहभागीहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गर्नुभएको थियो। त्यसैगरी, लक्की ड्रमार्फत विजेता बन्नुभएकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा लक्की ड्रमार्फत नै सहभागीहरूलाई विभिन्न गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो।

वातावरण संरक्षणका साथै साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्‍याली आयोजना गर्दै आएको छ।

आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।