Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको शेयर सोमवारदेखि कारोबारमा आउने

1.12K
shares

काठमाडौं, २४ जेठ । सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यस कम्पनीको आइपीओ जेठ २२ गते (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै सो कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउने भएको हो।

नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये सर्वसाधारणका लागि ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) र संस्थापक समूहका लागि १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) शेयर रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेञ्च प्रतिकित्ता न्यूनतम ९२।१५ रुपैयाँदेखि अधिकतम २७६।४५ रुपैयाँ तोकेको छ । अब सोमबारदेखि दोस्रो बजारमा कम्पनीको दैनिक कारोबार सुरुहुनेछ।