Dhulikhel Eco Banner new

अनाथ बालबालिकाको बजेट त्रियुगाका मेयरले गराए ‘फ्रिज’

1.03K
shares

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता एवं उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले अनाथ वालवालिकाका लागि आएको बजेट नै फ्रिज गराउन भूमिका खेलेको पाइएको छ । त्रियुगामा रहेको साझा सेवा घरका लागि कोशी प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

तर उक्त बजेट कार्यान्वयन नगरी फ्रिज गराउन मेयर बस्नेतले नै भूमिका खेलेका छन् । पूर्व मन्त्री समेत रहेका प्रदेश सांसद नारायण बुर्जा मगरको सिफारिसमा साझा सेवा घरका लागि सामाजिक विकास मन्त्रालयले १० लाख रुपैयाँ छुट्याएको थियो ।

साझा सेवा घरले जिल्लाका अनाथ बालबालिकाहरुलाई पालपोषणसहित शिक्षा समेत दिदै आएको छ । सांसद मगरका स्वकिय सचिव होम बस्नेतले मेयर बस्नेत, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले बजेट फ्रिज गराएको भन्दै सामाजिक सञ्जालमै प्रश्न उठाएका छन् ।

त्रियुगामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत मेयरमा र एमालेबाट महेश्वरी राई उपमेयरमा विजयी भएका थिए । कांग्रेस–एमाले मिलेर अनाथ बालबालिकाको बजेट फ्रिज गराइदिएको भनेर अहिले तीब्र आलोचना भइरहेको छ ।

यस विषयमा कुरा गर्न खोज्दा मेयर बस्नेत र उपमेयर राई दुबैले फोन उठाएनन् ।