Dhulikhel Eco Banner new

बिवाईडी व्यापारी श्रेष्ठ बिवादमा, कर छली गरेर गाडि भित्र्याएको आरोप

897
shares

काठमाडौं, २५ जेठ । छोटो समयमै अटो व्यवसायमा चम्किएकी व्यापारी यमुना श्रेष्ठ बिवादमा मुछिएकी छिन् । कर छली गरेर ठूलो परिमाणमा बिवाईडी गाडि भित्र्याएको बिवादमा व्यापारी श्रेष्ठ मुछिएकी हुन् ।

जेठ १५ को बजेट भाषणमार्फत करका दरहरू हेरफेर हुने गोप्य सूचना पहिल्यै लिक गरेर चीनबाट हतार–हतार ठुलो संख्यामा विद्युतीय गाडी नेपाल भित्र्याएको आरोप श्रेष्ठ माथि छ ।

चीनसँगको उत्तरी सीमा कोरला नाका हुँदै बिना नम्बर प्लेट ओसारपसार भइरहेका ७५० वटा विद्युतीय सवारीसाधनलाई सशस्त्र प्रहरीले मुस्ताङ–कास्की सडक खण्डका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको थियो । बजेट आउनुअगावै गिरोहले ती गाडीहरू नेपाली भूमिमा छिराएको भन्दै सरकारले यतिबेला छानवीन गरिरहेको छ ।

अर्थमन्त्रालयका एक अधिकारीले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार छानवीन समितिले केही दिनमै दोषि को हो ? भन्नेबारे प्रतिवेदन तयार पार्नेछ ।