एकैदिन प्रतितोला ५ हजार १ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ २८ बिहीवार ११:१०
1.29K
shares
shares

काठमाडौं, २८ जेठ । स्थानीय बजारमा विहिवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य ५ हजार १ सयले घटेका छ ।
महासंघका अनुसार वुधवार प्रतितोला २ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुन विहिवार बढेर प्रतितोला २ लाख ८६ हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, विहिवार चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेको छ । वुधवार प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कायम भएको चाँदी विहिवार ४ हजार ६ सय ५० रुपैयाँमा कायम भएको हो ।















