Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.35K
shares

काठमाडौं, २८ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २७२८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९० करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन् भने बोटलर्स नेपाल (बालाजु) लिमिटेड लगानीकर्ताले ८.३३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।