Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

1.3K
shares

काठमाडौं, २८ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २७२८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९० करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.५१ प्रतिशतका दरले गुमाएका छन् ।