भैरमपुरका आगलागी पीडितलाई थप राहत सामग्री हस्तान्तरण
वि.सं.२०८३ जेठ २८ बिहीवार १६:१२
shares

काठमाडौं, २८ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ०५ स्थित भैरमपुरका १२ घर परिवारलाई बुधवार थप राहत सामग्री हस्तान्तरण गरिएको छ । केही महिना अघि भएको आगलागीबाट प्रभावित १२ घरपरिवारलाई आवश्यक खाद्यान्न, घर निर्माण कार्यमा प्रयोग गरिने फलाम जन्य सामग्री र केही स्टेसनरी सामग्री संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको प्रयोजनमा रोटर्याक्ट क्लब अफ काठमाडौं, २८ जेठ । काठमाडौँ मिड को समन्वयमा प्राप्त विभिन्न सामग्रीहरू प्रभावित समुदायमा पुगेर हस्तान्तरण गरिएको छ ।
सामग्री वितरण गर्दै प्रतिनिधि सभा सदस्य विक्रम खनालले भैरमपुरमा परेको पीडालाई मलम लगाउने विभिन्न संघ संस्थाबाट गरिएको सहयोग प्रति सबैलाई आभार व्यक्त गरे । आगलागीबाट प्रभावित भएका समुदायलाई सक्दो सहयोग गर्ने आफ्नो दायित्व भएकोले एक जिम्मेवारी जनप्रतिनिधिका रूपमा आफूले सबै संघ संस्थाको सहकार्यमा राहत सामग्री वितरण गरेको बताए ।
यस अघि प्रतिनिधि सभा सदस्य खनालको पहलमा इन्द्रेणी सामाजिक विकास मञ्च, यूएमएन लगायतका विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न, लत्ताकपडा, भान्साजन्य विविध सामग्री उपलब्ध गराई सकिएको छ।















