ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन
वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:०४
shares

काठमाडौं, २९ जेठ । ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । बितेको २४ घण्टामा कारबाहीमा परेका २ हजार २२३ सवारी चालकबाट १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, संकेत बत्ती उल्लंघनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँकाएका ११८ जना कारबाहीमा परेका थिए ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जना पनि कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।















